दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीकाे कैद कट्टा गर्नुभएकाे छ ।
आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएकाे छ ।
त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।