विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसम्म (सूचीसहित)

 असोज ३, २०७८ आइतबार ८:९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार  र पदक प्रदान गर्ने घाेषणा गर्नु भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले विभूषण प्रदान गर्नु हुने भएकाे हाे ।

सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर (मरणोपरान्त) लाई र पूर्व  प्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएकाे छ ।

यस्तै, तेस्रो ठूलो विभूषण महाउज्जवल राष्ट्रदीप विभूषण तुलसीलाल अमात्य (मरणोपरान्त), मङ्गलादेवी सिंह (मरणोपरान्त),दुर्गानन्द झा (मरणोपरान्त), नारायण गोपाल (मरणोपरान्त) तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मोहनचन्द्र अधिकारीले पाउनु हुने भएको छ ।

यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप  तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्र यशोवर्द्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपाल प्रताप भूषण १६ जनालाई प्रदान गरिने भएकाे छ । 

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडिताेद्वारा पदक नौ जनालाई प्रदान गर्नु हुने भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वैशाख १ गते विशेष समाराेहका साथ विभूषण, अलङ्कार र पदक वितरण गर्नुहुनेछ ।

सूची :

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया