यमनको विद्रोही समूह हुथीद्वारा नौ जनाको हत्या

 असोज ३, २०७८ आइतबार १३:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यमनको विद्रोही समूह हुथीले आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा नौ जनाको हत्या गरेको छ । यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई आक्रमणमा हुथी समूहका तत्कालीन सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको ज्यान गएको थियो ।

साउदी अरबले यो हवाई आक्रमण आफूले गरेको पुष्टि गरेको थियो । हवाई आक्रमणमा समादसहित ६ जनाले ज्यान गुमाएका थिए । आक्रमणमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्येका ९ जनालाई मृत्युदण्ड दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अरु सात जनालाई पनि मुद्दा चलाएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया