सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
बेलायतबाट सन १९६६ मा हराएको विश्वकप ट्रफी चोर्ने गिरोह पत्ता लागेको छ । जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो ।
ट्रफी चोर ५२ बर्षपछि पत्ता लागेको हो । रमाइलो कुरा चाहिँ के छ भने ट्रफी चोर्ने दुवैजनाको मृत्यु भइसकेको छ ।
लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला ट्रफी चोरेका थिए ।
यो पोल रेगका छोरा ग्यारीले स्थानीय पत्रिका द डेली मिररमार्फत खोलेका हुन् । त्यसबेला सिड्नी ४० बर्षका थिए ।
उनीहरुले पैसाका लागि नभई रमाइलोका लागि ट्रफी चोरेको ग्यारीले बताएका छन् । ‘ट्रफी पैसाको लागि नभई रमाइलोका लागि चोरिएको थियो’, उनले भने, ‘र यो काम सजिलो पनि थियो ।’
उनीहरुले ट्रफी चोरेको उनीहरुका केही नजिकका नातेदारले थाहा पाएपनि कसैले पोख खोलेनन् । त्यसैकारण यी हुल्याहा दाजुभाई बाँचुञ्जेल पक्राउ परेनन् ।
सिड्नीले आफ्ना साथी टेड बेच्लीको सहायतामा ट्रफी फिर्ता गर्दा १५ हजार पाउण्ड फिरौति माग्ने योजना बनाएका थिए । तर बेच्ली पक्राउ परे र उनीहरुको योजना सफल हुन सकेन ।
साथी पक्राउ परेपनि सिड्नी भने पक्राउ परेनन् र विश्वमा तहल्का मच्चाउने विश्वकप ट्रफी चोर आजीवन पर्दा पछाडि नै रहन सफल भए । उनीहरुले त्यो ट्रफी झाडीमा लुकाएका थिए ।
ट्रफीलाई पिकल्स नामको कुकुरले ट्रफी पत्ता लगायो । सिड्नी सन् २००५ मा र रेग २०१२ मा मृत्यु भइसकेको छ । एजेन्सी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।