बलात्कारकाे उजुरी दिने भन्दै ५० लाख 'बार्गेनिङ', तीन महिला पक्राउ

 असोज ३, २०७८ आइतबार १८:३:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन महिलालाई पक्राउ गरेको छ ।

रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारकाे उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, त्यही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् । पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेरा/कोठाबाट प्रहरीमा उजुरी दिने धम्की दिइ युवकबाट लिएकाे १७ लाख रुपैयाँकाे सिभिल बैंकको चेक एक थान र एक लाख रुपैयाँकाे एक थान चेक बरामद भएकाे प्रहरीले जनाएकाे छ । त्यही रकमकाे एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान  छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया