धारावाहिक नाटक ‘रोपेगुना फल’ को दोस्रो सिजन प्रसारण आजदेखि

 असोज ४, २०७८ सोमबार ८:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धारावाहिक नाटक ‘रोपेगुना फल’को दोस्रो सिजन प्रसारण आजदेखि सुरु भएको छ ।

एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक उज्यालो रेडियोसँगै देशभरका विभिन्न रेडियो स्टेसनबाट एकसाथ प्रसारण हुन थालेको हो । अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित नाटक ‘रोपेगुना फल’को अवधि १५ मिनेटको रहेको छ ।

नाटक हाम्रो पात्रो मोबाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युब र एन्टेना फाउण्डेशन नेपालको वेबसाइटमासमेत सुन्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले ३२१०० मा फोन गरी जुनसुकै बेला सुन्न सक्नेछन् ।

धारावाहिक रेडियो नाटक रोपेगुना फलमा अभिभावकले आफ्ना बालबालिकाको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाइ, उचित स्याहार सुसार गर्ने ज्ञान, जीवन उपयोगी सीप र दक्षता केन्द्रित समग्र विकासका विषयवस्तु समेटिएको छ ।

प्रारम्भिक बालविकासमा बुबाको भूमिका, गर्भावस्थामा आमा र शिशुको स्याहार, जन्मेपछि शिशु र आमाको हेरचाह, सुनौला हजार दिन, बालस्वास्थ्य, पोषण र सरसफाइ, बाल संरक्षण र स्याहार, प्रारम्भिक सिकाइका अन्तरवस्तु, किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवम् बालविवाहको विषयमा रहेर रेडियो नाटक तयार पारिएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया