सङ्खुवासभा सामूहिक हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

 असोज ४, २०७८ सोमबार १२:५०:८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चार जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेकाे आरोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की,  ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय  नरेश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो।

घटनाको मुख्य योजनाकार मृतक तेजबहादुरका काकाको छोरा भाइ खड्गबहादुर रहेको प्रहरी अनुसन्धानबाट खुलेको सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताउनुभयो । उहाँका अनुसार उनीहरुले तेजबहादुरको हत्या गर्न सामूहिक योजना बनाएको खुलेको छ ।

उनीहरुले रणबहादुर कार्कीको घरमा घटना घटेको अघिल्लो दिन हत्याकाे योजना बनाएर भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेका छन्। 

पक्राउ परेका उनीहरुले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, सधैँ गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दाहालको भनाइ छ । यसअघि प्रहरीले अभियुक्त रणबहादुरको जेठा छोरा वर्ष २५ का लोकबहादुर कार्कीलाई भाद्र २५ गते सार्वजनिक गरेको थियो ।

लोकबहादुरले आफू एक जनाले सबैको हत्या गरेको स्वीकार गरे पनि घटनाको प्रकृति अध्ययन र लोकबहादुरको बयानका आधारमा थप अन्य व्यक्तिकाे संलग्नताको आशङ्कामा प्रहरीले अनुसन्धान थप अगाडि बढाएको थियो । 

गएको भदौ २१ गते ८५ वर्षीया बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, ५८ वर्षीय छोरो तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, र ८ वर्षीय पनाति दिपेन, ५ वर्षीय पनातिनी गोमाको विभत्स हत्या भएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया