दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सरकारले प्रस्तुत गरेको बजेट अर्थात् विनियोजन विधेयक संसदबाट पारित भएको छ । नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधकै बीचमा अर्थ मन्त्री जनार्दन शर्माले भदौको २५ गते संसदमा प्रस्तुत गर्नुभएको विनियोजन विधेयकलाई आज साेमवार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्नुभएको थियो ।
आज प्रतिपक्षी एमालेले विरोध गरे पनि सत्तापक्षका बहुमत सांसदले विधेयक पारित गरेका हुन् । विधेयक पारित नहुँदा गएको ३० गते रातिदेखि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा छ ।
आज प्रतिनिधि सभाबाट पारित भएको बजेट अर्थात् विनियोजन विधेयक अब राष्ट्रिय सभाले पारित गर्नेछ । राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलवार बस्दैछ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।
ओली सरकारले कार्यकर्तालाई बाँड्ने हिसाबले राखेका कार्यक्रम र अन्य विकृति हटाएर नयाँ र जनमुखी बजेट ल्याइएको अर्थ मन्त्री शर्माको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।