कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी बेहाेर्नुपर्ने बताउनुभएको छ ।
आज बुधवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी प्रत्याराेपण गर्नका लागि पनि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले डायलासिस गर्नका लागि आवश्यक्ताअनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिनुभयो ।
राज्यमन्त्री श्रेष्ठले जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले थोरैमा दुई सयदेखि तीन सय वटा डायलासिस सेन्टर बनाउनुपर्ने योजना बनाएको पनि बताउनुभयो । सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।
अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिनुभयो । उहाँले प्रत्याराेपण र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गर्नुभयो ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई एक करोड ७७ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको बताउनुभयो । उहाँले तीन करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताउनुभयो । उहाँले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दशैँसम्म पहिलो डोज लगाउनेको सङ्ख्या एक करोड पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले बीमा भएकाहरूले वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताउनुभयो । उहाँले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।