काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

 असोज ७, २०७८ बिहिबार ७:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् ।

गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि  जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया