कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - डुम्रे–बेसी सहर–चामे सडक खण्ड बाहेक बन्द रहेका अरु सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका सडक खण्ड दशैँसम्ममा खुलिसक्ने सडक विभागले जनाएको हो ।
लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो ।
अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । सकेसम्म दुईतर्फी र नसके एकतर्फी रुपमा भए पनि सडक खुलाउने तयारी भइरहेको नेपालले बताउनुभयो ।
यस्तै, सडक बन्द भइहाल्यो भने पनि तत्काल खुलाउनका लागि मेसिन तथा औजार तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो । खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम पनि तत्कालै सुरु गर्ने तयारी भएको उहाँको भनाइ छ ।
यसैबीच सडक मर्मत तथा खाल्डा पुर्ने कामलाई तीव्रता दिनका लागि आज प्रधानमन्त्री कार्यालयमा बैठक बस्दैछ । सडक विभाग र अन्य निकायको सहभागितामा बस्ने बैठकमा चाडपर्वलाई लक्षित सडक मर्मत गर्ने विषयमा छलफल हुनेछ ।
यसैबीच महानगरीय ट्राफिक प्रहरीले चाडपर्वका बेला हुने ट्राफिक दुर्घटना न्यूनीकरण गर्न नाइट भिजनसहितको लेजर स्पिड गन प्रयोग गर्ने जनाएको छ । दिवा र रात्रिकालीन दुवै समयमा चल्ने गाडीको गतिलाई सही तवरले मापन गर्ने भएकाले लेजर स्पिड गन प्रयोग गर्ने जनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।