इन्द्रजात्रा आज समापन हुँदै

 असोज ८, २०७८ शुक्रबार ९:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ । 

आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ । 

ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ । 

गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ । 

आज राष्ट्रप्रमुखले  कुमारीका हातबाट टीका थाप्ने परम्परा पनि छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया