बालबालिकाका लागि दशैँअघि नै कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

 असोज ८, २०७८ शुक्रबार १४:१:४९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।

बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ ।

आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो ।

यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल चलिरहेको उहाँको भनाइ छ । आउँदो चैत महीनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

सरकारले अहिले १८ वर्षभन्दा माथिका विद्यार्थी र ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइरहेको छ । अब बालबालिकालाई समेत खोप लगाउने तयारी छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया