चीनले क्रिप्टाेकरेन्सीलाई अवैध घाेषित गर्‍याे

 असोज ८, २०७८ शुक्रबार २०:१५:५८ | एजेन्सी
unn.prixa.net

चीन – चीनकाे केन्द्रीय बैंकले क्रिप्टाेकरेन्सीसँग जाेडिएकाे सबै काराेबारलाई अवैध घाेषित गरेकाे छ । केन्द्रीय बैंकले बिटक्वाइन जस्ता डिजिटल मुद्रामा प्रतिबन्ध लगाएकाे हाे । 

पिपल्स बैंक अफ चाइनले भनेकाे छ, भर्चुअल मुद्रासँग जाेडिएकाे काराेबार गतिविधि अवैध वित्तीय गतिविधि हाे । याे मानिसकाे सम्पत्तिकाे सुरक्षाका लागि गम्भीर खतरा हाे । 

चीन विश्वकाे सबैभन्दा ठूलाे क्रिप्टाेकरेन्सीकाे बजारमध्ये एक हाे । 

चीनमा क्रिप्टाेकरेन्सीमा आउने उतारचढावले प्राय क्रिप्टाेकरेन्सीकाे विश्वव्यापी मूल्यलाई प्रभावित गर्ने गरेकाे छ । 

चीनकाे याे घाेषणापछि बिटक्वाइनकाे मूल्य दुई हजार डलरभन्दा धेरैले घटेकाे छ ।   

क्रिप्टाेकरेन्सीकाे व्यापार सन् २०१९ देखि चीनमा आधिकारिक रूपमा प्रतिबन्ध गरिएकाे छ तर अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया