अछाममा पानीमा डुबेर एक बालककाे ज्यान गयाे

 असोज ९, २०७८ शनिबार ८:१:२ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।

पानीमा डुबेर ढकारी गाउँपालिका-१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालककाे ज्यान गएकाे ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले  जानकारी दिनुभयो ।

स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गर्नु भएकाे थियाे ।  घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया