एमाले केन्द्रीय कमिटी बैठकमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने सुझाव

 असोज ९, २०७८ शनिबार १९:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्ताबेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । समूहका नेताहरुले दिएको सुझावमा नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश इञ्चार्जकाे भूमिका दिनुपर्ने सुझाव पनि रहेको छ ।

यस्तै पोलिटब्युरो कायम राखेर केन्द्रीय सचिवालय नराख्न सदस्यहरुले सुझाव दिएका छन् । बैठकमा नेताहरुले आउँदो चुनावमा बहुमत ल्याउने गरी तयारीमा जुट्नुपर्नेमा जोड दिएका प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । छलफलका लागि बनाइएका १० वटा समूहहरुले सुझाव दिएका र भोलिको बैठकमा थप प्रस्ट पारेपछि अध्यक्ष केपी शर्मा ओलीले समूहबाट आएका सुझावबारे सम्बोधन गर्नुहुने प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया