सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजनाले विदेश जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
महिलाहरुले गार्मेन्ट र पुरुषले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । पुरुषहरुको लागि तालिम काठमाण्डौ, धनुषा र झापाबाट सञ्चालन गरिने सामीले जनाएको छ । महिलाको लागि तोकिएको गार्मेन्टको तालिमकाे लागि भने काठमाण्डौमै आउनुपर्ने हुन्छ ।
तालिम लिनको लागि पासपोर्ट र नागरिकता पेस गर्नुपर्छ । उमेर पुरुषको हकमा १९ पुगेर ३५ वर्ष नकटेको र महिलाको हकमा उमेरहद १९ देखि ३० वर्ष रहेको छ । यस्तै शैक्षिक योग्यता सामान्यदेखि दश कक्षा उत्तीर्ण तोकेको छ । तालिमको लागि चाहिने सेफ्टी सु र मेडिकल जाँचको खर्च आफैले बेहोर्नुपर्ने हुन्छ । तालिम दशैँ लगत्तै सञ्चालन हुने सामीले जनाएको छ ।
तालिममा भर्ना हुन चाहनेले ९८४०२४८०३४ मा सम्पर्क गरेर आफ्ना सीट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।