कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - गएको साउनयता साढे १४ लाख रुपैयाँभन्दा धेरैकाे म्याद गुज्रिएका वस्तु नष्ट गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा १४ लाख ५३ हजार ५ सय ५४ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो।
उहाँका अनुसार विभागले हरेक दिन ५ वटा टोलीमार्फत दैनिक ५० वटा पसलमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा हरेक व्यापारीले केही न केही अनियमितता गरेको भेटिएको उहाँले जानकारी दिनुभयो।
धेरैजसो पसलमा म्याद गुज्रेका सामान बेच्ने र बढी मूल्य लिने गरेको भेटिएको छ । विभागले साउनयता अहिलेसम्म २३ लाख रुपैयाँ जरिबाना असुलेको छ । नियमित अनुगमन गर्दै आएको दाबी गरेको विभागले अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १२ जना कर्मचारी थप गरेर दशैँ तिहार लक्षित अनुगमन सुरु गरेको छ ।
यो अनुगमनमा पनि व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ तिहारलाई लक्षित गरेर गरेको अनुगमनमा पनि धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको प्रवक्ता सेढाईँले जानकारी दिनुभयो ।
यो महिना सुरु भएपछि विभागले अहिलेसम्म झण्डै ६ सय वटा पसलमा अनुगमन गरिसकेको छ । नियम उल्लङ्घन गर्नेलाई कसुर अनुसार ५ हजार देखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने गरको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।