दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका झन्डै २१/२२ अर्ब कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।
आज सोमवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सांसद अधिकारीले भन्नुभयो, ‘हुँदा हुँदा लुटिएका झन्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुन, आतङ्ककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उल्लङ्घन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न संसद् सुरु गराउन पहल नगरेको तर्कसमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।