‘सुदूरपश्चिमकाे इन्चार्ज काे हाे भन्ने विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमै आउँछ’

 असोज १२, २०७८ मंगलबार १७:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । 

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी देखिएका समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको विषयमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायको बारेमा छलफल सुरु गरेको कार्यदलका संयोजक भीम रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्या समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौँ । १० बुँदेकाे कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ । जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ । सुदूरपश्चिम प्रदेशको इन्जार्चको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउँछ ।’

 याे पनि पढ्नुहाेस्

बैठकमा कार्यदलका सदस्यहरूले पार्टीको आन्तरिक एकता अझै बलियाे बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहनुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया