१० लाख जरिबाना फैसला भएपछि फरार रहेका थिए, कपनबाट पक्राउ परे

 असोज १२, २०७८ मंगलबार २०:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार नाै सय रुपैयाँ जरिबाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार नाै सय रुपैयाँ जरिबानाको फैसला गरेको थियो । अहिलेसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज मङ्गलवार काठमाण्डाै कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।  

खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका घर भइ कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपछि प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारेर पीडितलाई ग्लोबल आईएमई बैंकको चेक दिएका थिए ।

फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएकाे ब्युरोका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया