सरकारलाई ओलीकाे प्रश्न : ‘एमसीसीबारे सम्झाउन अमेरिकी अधिकारीहरू नै नेपाल आउनुपर्ने हाे ?’

 असोज १२, २०७८ मंगलबार २०:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे सरकारको धारणा पुनः माग गर्नुभएकाे छ । 

आज मङ्गलवार दिउँसाे प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरू नै नेपाल आउनुपर्ने हो र भनी प्रश्नसमेत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकारको धारणा नआइ आफूहरूले त्यसबारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्‍याउनुभयाे । उहाँले भन्नुभयो, ‘यो सम्बन्धमा सरकारको दृष्टिकोण  के हो ? १६५ सिट भएको सरकारको । पारित गर्ने हो कि होइन, हामीलाई केही शेयर गर्नुभएको छैन ।’

कार्यक्रममा अध्यक्ष ओलीले देश अब चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो । संसद्ले कामै गर्न नसकेको अवस्थामा देश 'अर्ली' चुनावमा जानुपर्ने उहाँको तर्क थियो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले काम गर्न सकेन । त्यसैले चुनावमा जानुपर्छ । एमालेले अबको चुनावमा बहुमत ल्याएर सरकार बनाउनेछ ।‘

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेकाले संसद् अवरोध गर्न बाध्य हुनुपरेको पनि दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया