राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण प्राथमिकतामा पर्न सकेन, राष्ट्रपतिलाई ज्ञापनपत्र

 असोज १३, २०७८ बुधबार ८:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालय भवन अहिलेसम्म पुनर्निर्माणको प्राथमिकतामा पर्न सकेको छैन । वि.स. २०७२ सालको भूकम्पले हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि पुस्तक, ग्रन्थ तथा दस्तावेजहरू नासिन थालेका छन् ।

राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । अभियन्तासँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनको बारेमा विस्तृत जानकारी समेत लिनुभएको छ । राष्ट्रिय पुस्तकालयमा रहेका पुस्तकलाई अस्थाई रूपमा सुरक्षित राख्न तत्काल ठाउँ खोज्न पहल गर्ने समेत आश्वासन दिनुभएको छ । पुरानो बसपार्कमा निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्नेबारे केन्द्रीय तथा पालिका सरकारसँग छलफल गर्ने उहाँको भनाई छ ।

राष्ट्रिय पुस्तकालय भवनको पुनर्निर्माण हुन नसक्दा पुस्तक र अन्य ऐतिहासिक कागजात  ठाउँ अभावमा बोरा–बोरामा कोचेर राखिएको छ । राष्ट्रिय पुस्तकालयको संग्रहमा तीन सय वर्षसम्मका पुराना हस्तलिखित ग्रन्थहरू समेत छन् । तीमध्ये धेरैमा ढुसी र किरा लाग्न थालेको संरक्षणमा दवाब दिँदै आएका अभियन्ताले गुनासो गरेका छन् ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया