अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।
कोरोना महामारी र सङक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको उहाँले बताउनुभयो ।
अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ बजेदेखि देखि दिउँसाे २ बजेसम्म सञ्चालन गरेको छ । अस्पतालले प्रत्येक बुधबार १० बजेदेखि २ बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ ।
अस्पतालमा पोष्ट कोभिडका बिरामी बढेपछि बिरामीको चाप बढेको छ । अस्पतालले काेराेना निको भएपछि आउने स्वास्थ्य समस्याको उपचारका लागि पोष्ट कोभिड युनिट पनि सञ्चालनमा ल्याएको मेसु डा गौतमले जानकारी दिनुभयो । भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेसँगै अस्पतालमा अहिले दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।