मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल

 असोज १३, २०७८ बुधबार ११:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा  मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ । कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो ।

प्रधानमन्त्री देउवाले भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएको छ । उहाँले आज बेलुकासम्ममा आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आग्रह गर्नु भएको बालुवाटर स्रोतले जनाएको छ । माओवादी केन्द्रले पनि आज बस्ने स्थायी कमिटी बैठकमार्फत मन्त्रीको नाम टुंगाउने तयारी गरेको छ ।

बैठक केहीबेर पछि बस्ने छ ।  माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया