देशका विभिन्न पाँच सडक खण्ड अझै बन्द

 असोज १४, २०७८ बिहीबार ८:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका पाँच सडक खण्ड अझै खुल्न सकेका छैनन् । ठोरी–भण्डारा–मलेखु गल्छी, त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड  लामो समयदेखि बन्द छ ।

गएको असार एक गतेदेखि नै बन्द भएको यो सडक खण्डकाे मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो । अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, यो महिना लागेपछि बन्द भएको सुर्खेत–दैलेख महाबुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्रा सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

जुम्लाको बोतामा पहिरो गएपछि गएको सोमवारदेखि यो सडक खण्ड बन्द छ। यस्तै बझाङको खोड्पे–चैनपुर सडक खण्ड पनि लामो समयदेखि बन्द छ । यो सडक खण्ड पनि मर्मतको पहल भइरहेको सडक विभागले जनाएको छ ।

यस्तै डुम्रे-बेसीसहर–चामे सडक खण्ड पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन। यो सडक खण्ड अन्तर्गत मनाङको धारापानी र बगरछापमा मर्स्याङ्दी नदीले कटान गरेपछि सडक बन्द भएको हो ।

दुई ठाउँमा नदीले कटान गरेकाले दुई ठाउँमा नै  सडक  खुलाउन समस्या भएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो। यो सडक खण्ड दशैँसम्ममा सञ्चालनमा आउने सम्भावना छैन ।

दशैँसम्ममा समेत सञ्चालनमा आउन नसक्ने भएपछि यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा परेका छन् । खाद्यान्न ढुवानीदेखि आवतजावतमा समेत समस्या भएको छ।

दशैँमा यात्रा गर्ने यात्रुको आवतजावत सहज पार्नका लागि र कुनै कारणले सडक बन्द भएमा आधा घण्टाभित्र खोल्ने गरी जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको पनि विभागले जनाएको छ ।

कुन सडककाे अवस्था कस्ताे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्। 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया