कुवेतमा कोरोना : मृत्यु दर शून्य, सङ्क्रमित हुनेको सङ्ख्या पनि घट्यो

 असोज १४, २०७८ बिहिबार १३:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा करिब सात महिनापछि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झरेको छ ।

गएको फेब्रुअरी महिनादेखि हिजो बुधबार पहिलो पटक कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या शून्य भएको कुवेत टाइम्सले खबर लेखेको छ । यस्तै २०२० को अप्रिल २ यता हिजो बुधाबार अहिलेसम्म कै काम सङ्क्रमित भेटिएको पनि खबरमा उल्लेख छ । 

बुधबार कोरोनाबाट एक जनाको पनि ज्यान नगएको र जम्मा ३३ जनामा मात्र सङ्क्रमण पुष्टि भएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १६ हजार ५०६ जनामा गरिएको परीक्षणमा जम्मा ३३ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया