दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
रसुवा – यसपालिको दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका छन् । दशैँ नजिकिँदै गएको र नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका हुन् । यसपालि झन्डै डेढ सय भेडा–च्याङ्ग्रा आएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ ।
दशैँकै लागि आएका भेडा–च्याङ्ग्रा उतै महँगो परेकाले यस पटक मूल्य वृद्धि हुने कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै एउटा भेडा–च्याङ्ग्राको २६ हजार परेको बताएका छन्’, उहाँले भन्नुभयो, ‘यस कारण पनि यता बिक्री गर्दा महँगो पर्न जान्छ ।’ अहिले आएका भेडा–च्याङ्ग्रा सानो भएको र सबैको एउटै मूल्य हुँदा बिक्रीमा समस्या आउने व्यापारीले गुनासो गरेको उहाँको भनाइ छ । मूल्य बढेकाले अब थप भेडा–च्याङ्ग्रा नआउने कार्यालयले जनाएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रत्येक वर्ष भेडा–च्याङ्ग्रा आयात हुँदै आएको छ । लामो समयदेखि रसुवागढी नाका हुँदै भेडा–च्याङ्ग्राको आयात हुँदै आएको छ । सुरुमा एउटा भेडा–च्याङ्ग्रा सात सय रुपैयाँमै आउँथ्यो । अहिले मूल्य बढ्दै जाँदा आयातमा पनि कमी आएको छ ।
कोभिड–१९ महामारी सुरु हुनुअघि नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गर्दै आएका थिए ।
वि.सं. २०७० सालमा २ सय २, २०७१ मा १ सय ८०, २०७३ मा २ सय ५०, २०७४ सालमा ५५, २०७५ मा ४ सय ७० र २०७६ मा २ सय ९० वटा भेडा–च्याङ्ग्रा आयात भएको थियो । वि.सं. २०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा–च्याङ्ग्रा आयात हुने गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।