अमेरिकाबाट लोप भए चरा, माछासहित २३ प्रजातिका जीव-वनस्पति

 असोज १५, २०७८ शुक्रबार १०:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभिन्न २३ प्रजातिका चरा, माछा, सीपी कीरा, चमेरा तथा वनस्पति अमेरिकाबाट लोप भएका छन् ।  

अमेरिकाको फिस एण्ड वाइल्डलाइफ सर्भिस (एफडब्ल्यूएस) ले विभिन्न २३ प्रजातिका चरा लोप भएको जानकारी दिएको हो ।

यस्तै ८ प्रजातिका सीपी कीरा, दुई प्रजातिका माछा र चमेरा र वनस्पतिका एक/एक प्रजाति अमेरिकाबाट लोप भएको एफडब्ल्यूएसले उल्लेख गरेको छ ।

उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रविधिको प्रयोग गरेर हरेक प्रजातिको गहन अध्ययन र अनुगमनपछि लोप भएको घोषणा गरिएको एफडब्ल्यूएसले जनाएको छ ।

वातावरणीय परिवर्तनका कारण यी प्रजातिका चरा लोप भएका बीबीसीले जनाएको  छ ।  अमेरिकामा कुनै समय जताततै  देखिने आईभरी–बिल्ड उडपेकर समेत लोप भएको छ ।

यो  चरालाई सन् १९६७ मा औपचारिक रुपमा सङ्कटापन्न सूचीमा राखिएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया