दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भएर रहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, झापामा रहेको केचना वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको मापन भएको छ ।
त्यस क्षेत्रमा अझै पानी पर्ने सम्भावना रहेकाले केचना, पथरिया लगायत क्षेत्रका साना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आज प्रदेश-१ र २ मा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान छ । प्रदेश-१ र २ मा अहिले पनि पानी परिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।