यातायात कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ

 असोज १७, २०७८ आइतबार १८:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।

लिखित परीक्षा पास गराइदिने, ट्रायलको पालोमा छिटो ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरिको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा उनीहरू कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पाेसाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीका लागि उपस्थित गराइएकाे महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Bijay

    Oct. 3, 2021, 7:19 p.m.

    लहानतिर पनि यस्तै छ , यता नि समाउन आउनुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया