काठमाण्डाै उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

 असोज १८, २०७८ सोमबार १६:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महानगरीय प्रहरी परिसर काठमाण्डाैले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएकाे भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज साेमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका दुई सय सात जनामध्ये एक सय ६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पुरा भइ जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले कारागार चलान गरेको परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिहंले बताउनुभयो ।

पाकेटमारहरू समूहमा सार्वजनिक बसभित्र पसेर यात्रुहरूलाई घेराबन्दीमा पारेर साङ्केतिक भाषाको प्रयोग गर्दै नगद, मोबाइल तथा सुन चोरी गर्ने गरेको एसएसपी सिंहले बताउनुभयो ।

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैँका बेला हुने आवतजावतमा हुन सक्ने पाकेटमारी तथा चोरीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया