एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको झन्डै ७१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन् ।
निक्षेपकर्ताको उजुरीका आधारमा पूर्वसांसद इच्छाराज तामाङसहित सञ्चालक समितिका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवानबहादुर सिंह पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
यस्तै मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभकेतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने पनि पक्राउ परेका छन् ।
ग्राहकले मुद्दती निक्षेप खातामा जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम मुद्दती खाताको अवधि पुगिसकेपछी खाताबाट रकम झिक्नका लागि पटक–पटक ताकेता गर्दा सिभिल सहकारीले फिर्ता दिएको थिएन ।
सिभिल सहकारीले सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली २०७५ को प्रावधान विपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनामा लगानी गरेको र लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी बचतकर्ताको बचत खतरामा परेको सीआईबीले जनाएको छ ।
अहिलेसम्म एक सय ३७ बचतकर्ताले दिएको उजुरीका आधारमा ७० करोड ८७ लाख १३ हजार रुपैयाँ ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ । सिभिल सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई पनि उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।