चीनसँगको सम्बन्ध ४० वर्षयताकै तनावपूर्ण अवस्थामा : ताइवानी रक्षामन्त्री

 असोज २०, २०७८ बुधबार १३:५५:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ताइवानका रक्षामन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै तनावपूर्ण अवस्थामा रहेको बताउनुभएकाे छ।

यस्तै रक्षामन्त्री चिउ कुओ चेंगले २०२५ सम्म चीनले ताइवानमा पूरै नियन्त्रण गर्न सक्ने भन्दै चेतावनी पनि दिनुभएको बीबीसीले जनाएको छ । चीनले ताइवानको सैन्य क्षेत्रमा लगातार मिलिटरी जेट पठाएपछि रक्षामन्त्रीको यस्तो टिप्पणी आएको हो ।

ताइवानले आफूलाई सम्प्रभु देश मान्दै आएको छ तर बेइजिङले भने ताइवानलाई आफ्नो अधिनस्थ देश भन्दै दाबी गर्दै आएको छ । चीनले ताइवानलाई आफ्नो छुट्टै प्रान्तको रुपमा हेर्ने गरेको छ ।

ताइवाइनलाई एकीकरण गर्न चीनले शक्तिको सम्भावित प्रयोग नगरेको पनि खबरमा उल्लेख छ । चीनसँग अहिले क्षमता भए पनि तर यसले अन्य विभिन्न कुरालाई मध्यनजर गर्दै अहिले नै युद्ध गर्न नगर्ने पनि रक्षामन्त्री चेंगले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया