आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने

 असोज २१, २०७८ बिहिबार ८:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज काठमाण्डौसहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यी बाहेकका ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्न सक्ने उहाँले बताउनुभयो । अहिले सिन्धुली र चितवन आसपासको क्षेत्रमा  मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादलको विकास भइरहेकाले केही बेरमा यी ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

बादलको विकास नै भए पनि चितवन र सिन्धुली आसपासका सबै क्षेत्रमा लगातार वा ठूलो पानी पर्ने सम्भावना भने छैन । यी ठाउँहरुमा पनि कतै पानी पर्ने र कतै नपर्ने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया