दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – वाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा निर्धारण तथा समायोजन गरेको छ । काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ ।
न्यूनतम दुरी पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा भएका गाडीले यसमा थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।
काठमाण्डौ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक गाडीको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरी कायम हुन आउने भाडा दर कायम गर्ने वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै यात्रुले १५ किलोसम्मको सामानको भाडा तिर्नुपर्ने छैन । तर १५ किलोभन्दा बढी १० केजीसम्मको प्रतिकिलो पाँच रुपैयाँ थप भाडा लाग्नेछ । वाग्मती प्रदेश सरकारले निर्धारण गरेको भाडामा यातायात व्यवसायी महासङ्घले असन्तुष्टि जनाएको छ । अहिलेको भाडा दर पुनरावलोकन नभए महासङ्घ आफैँले सात वटै प्रदेशमा भाडा समायोजन गरी लागू गर्ने चेतावनी दिएको छ ।
यसअघि सरकारले गएको असार २९ गते लामो तथा मध्यम दुरीमा २८ प्रतिशत भाडा बढाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।