झन्डै ३ लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डाैबाट १९ जुवाडे पक्राउ

 असोज २१, २०७८ बिहिबार १४:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मार्दा दुई लाख ८६ हजार रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४८ हजार रुपैयाँका दुई वटा चेक, तास, कौडा लगायतका सामग्री पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उनीहरूको जुवातास खेल्ने सञ्जाल नै रहेको शङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया