भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि भोलिदेखि मात्रै खसीबोका बिक्री गर्ने भएको छ ।
आजदेखि खसीबोका बिक्री गर्ने भनिए पनि मूल्य निर्धारण नभएकाले भोलिदेखि मात्रै बिक्री गर्ने तयारी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने छ ।
खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ल्याइएका खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । खनालका अनुसार हिजो बेलुकासम्ममा दाङबाट एक सय ९० वटा खसीबोका ल्याइएको छ । यो पहिलो खेप हो ।
दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ । मकवानपुरबाट भने आज बिहानदेखि मात्रै खसीबोका ल्याउन थालिएको छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाण्डौ ल्याइनेछ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।