न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत : प्रचण्ड

 असोज २३, २०७८ शनिबार १५:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत भएको बताउनुभएको छ ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गजेन्द्रबहादुर हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै रहेको उल्लेख गर्नुभयो ।

प्रचण्डले सरकार कोरोना महामारी नियन्त्रणमा लागेको पनि बताउनुभयो । लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि आफूहरुले उठाएको भन्दै त्यसलाई पार लगाउने अध्यक्ष प्रचण्डकाे भनाइ छ । यस्तै राष्ट्रिय सहमति र परिमार्जनबिना एमसिसी पास नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।    
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया