मनसुन आज भोलिमै बाहिरिन सक्ने, दुई /तीन दिन मौसम सफा रहने

 असोज २५, २०७८ सोमबार ७:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसपालिको मनसुन आज भोलिमै बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाकाअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिइसकेको छ । गण्डकीसहित पूर्वी पहाडी क्षेत्रमा भने हल्का प्रभाव छ । ‘आजभोलिमै मनसुन बाहिरिने सम्भावना छ, हामीले अध्ययन गरिरहेका छौँ। भरे बेलुकासम्म सूचना निकाल्ने छौँ’– उहाँले भन्नु भएको छ ।

यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन नेपालबाटै बाहिरिने अवस्थामा रहेकाले अबको दुई/तीन दिन मौसम सफा हुने पनि मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

अहिले तराईका धेरैजसो जिल्लामा घाम लागिसकेको छ । केही जिल्लामा भने हुस्सु छ । यस्तै, काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि आज घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

यी क्षेत्रको मौसम अहिले आंशिक बद्ली छ । तर, अबको केही दिन देशभर नै ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया