यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ

 असोज २५, २०७८ सोमबार १२:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौको विभिन्न काउन्टरबाट  पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने सात जनालाई आज बिहान  काठमाण्डौको विभिन्न काउन्टरहरुबाट पक्राउ गरेको हो ।

सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले  कोटेश्वर क्षेत्रको काउन्टरबाट  खोटाङ ऐँसेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुमा रहेको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

प्रहरीले कसैले ठगी गरे पैसा नलाग्ने प्रहरीको १०० नम्बर र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरेर गुनासो टिपाउन आग्रह गरेको छ । यस्तै, काउण्टरको आसपासका रहेका यात्रु सहायता कक्षमा पनि गुनासो टिपाउन सकिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया