दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - चाडपर्वमा खानपानमा सन्तुलन नमिल्दा दीर्घ रोगको जोखिम हुने डाक्टरले बताएका छन् । चाडपर्वमा चिल्लो, पिरो हालिएका परिकार र मासु धेरै खाने गरिन्छ । यसले स्वास्थ्यमा जटिल समस्या समेत आउन सक्ने डाक्टरको भनाइ छ ।
दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै डाक्टर तथा पोषणविद्ले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् । चाडपर्वका नाममा धेरै माछामासु, मसलेदार परिकार तथा जाँडरक्सी खाने गर्दा मुटु रोगको समस्या बढ्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बताउनुभयो ।
दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने उहाँले बताउनुभयो । अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलेस्टेरोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो । पोषणविद् कल्पना तिवारीका अनुसार चाडपर्वमा माछामासु मात्रै धेरै खाने होइन ।
माछामासुसँगै अन्न, गेडागुडी, सागपात र फलफूल मिलाएर खानु पर्छ । कोभिड भइसकेकाहरुले त अझ खानपानमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । चिल्लो पिरो र एकै पटक धेरै खानेकुरा खानु भन्दा नुन पिरो कम हालेर पटक पटक थोरै माछा मासुको झोल खाए छिट्टै तङ्ग्रिन सकिने तिवारीले बताउनुभयो ।
अर्का पोषणविद् डाक्टर अरुणा उप्रेतीले खानपानमा ध्यान नदिँदा स्वस्थ व्यक्ति पनि रोगी बन्न सक्ने भएकाले सन्तुलित र स्वस्थ खानपानमा ध्यान दिन सुझाव दिनु भएको छ । यस्तै, दिनहुँ शारीरिक व्यायाम गर्न र प्रशस्त पानी पिउन पनि उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।