भरुवा बन्दुकसहित डोटीमा एक जना पक्राउ

 असोज २७, २०७८ बुधबार २०:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिका–२ डाडाँखाली गाउँमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय विशाल दर्लामी रहेका छन् ।

घरमा भरुवा बन्दुक लुकाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले दर्लामीलाई बन्दुकसहित पक्राउ गरेको हो । 

पक्राउ परेका दर्लामीलाई हातहतियार खरखजाना ऐन अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया