पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
जसरी घटस्थापना गर्नको लागि शुभ समयको अति आवश्यक छ, विजयादशमीको दिन टीका लगाउन पनि यसैगरी शुभ समयको आवश्यक पर्छ ।
घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो।
साइत भनेको राम्रो समय हो । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भनेर भनिएको हो । सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट हो ।
तर, त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट हो ।
त्यो भ्याइएन भने दिनभरि, राति सुत्नु अगाडि पनि लगाउन सकिन्छ । हाम्रो पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ । माइती, मावली, ससुराल सबैतिर यता, त्यता जाँदा अर्कै उत्साह हुन्छ । एकैदिन एउटै समयमा त सम्भव छैनन् ।
पूर्णिमा नभइ दशैँ सकिँदैन । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने हो । यदि विजयादशमीको दिन बिहान १० बजेर ०२ मिनेटमा टीका लगाउन भ्याइएन भने जतिखेर लगाए पनि केही फरक पर्दैन ।
ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलसँगको थप कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस् ।
ज्यो. पं. सूर्यप्रसाद ढुंगेल नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक तथा सदस्य–सचिव हुनुहुन्छ ।