रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

 असोज २८, २०७८ बिहिबार १०:५८:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-२२ का २७ वर्षीय सागर पोखरेल , ललितपुरको गोदावरी-१ का २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा-९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउपालिका-२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् । 

उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ । बुटवल भैरहवा सडक खण्डको योगिकुटीबाट उनीहरु पक्राउ परेका हुन । 

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया