पानी पर्न छाडेसँगै गर्मी बढ्यो, काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस

 असोज २८, २०७८ बिहिबार १७:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पानी पर्न छाडेपछि देशभर गर्मी बढेको छ । पानी पार्ने कुनै मौसमी प्रणाली नभएकाले निरन्तर मौसम सफा रहेको र घाम लागेर जमिन तातेकाले गर्मीको महसुस हुन थालेको हो ।

मौसमविद् सजिना शाक्यका अनुसार आज बिहीवार काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।

यो क्रम निरन्तर दुई दिनसम्म रहने अनुमान गरिएको मौसमविद् शाक्यले जानकारी दिनुभयो । पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना छ । त्यसपछि भने बिस्तारै तापक्रम घट्दै जानेछ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया