सर्वाेच्चकाे आदेशपछि रुवी खान रिहा

 असोज २८, २०७८ बिहीबार २०:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छिन् । सर्वाेच्च अदालतकाे आदेशपछि रुवी खान रिहा हुनुभएकाे हाे ।

राष्ट्रिय मानव अधिकार आयाेगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी माेहना अन्सारीले ट्विटरमार्फत यसकाे जानकारी दिनुभएकाे छ ।

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे थियो ।

रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको थियाे ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया