दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ । नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् ।
कोरोना भाइरसको महामारीको अहिलेको अवस्थामा साबुनपानीले हात धुनु अझ धेरै सान्दर्भिक देखिएको छ । विश्वभर झण्डै ४० प्रतिशत मानिसमा हात धुने आधारभूत सुविधाबाट समेत वञ्चित रहेको अध्ययनहरुले देखाएका छन् ।
साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुबाट लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरुले देखाएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै स्वच्छ र स्वस्थ जीवनका कामना गर्नुभएको छ । आफ्ना हातका औँलाहरु सफा राख्नु अत्यन्तै महत्त्वपूर्ण कार्य भएको भन्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस समेतको सङ्क्रमणबाटसमेत बच्नका लागि प्राथमिक उपाय मध्ये हातको सरसफाइ पनि एक भएकाले साबुन पानीले मिचिमिची हात धुन आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।