आज देशका धेरै ठाउँको मौसम सफा, केही ठाउँमा पानी पर्ने सम्भावना

 असोज २९, २०७८ शुक्रबार ९:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती र प्रदेश-१ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ ।

बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाका प्रभाव आंशिक रुपमा  पर्ने भएकाले प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा  सामान्य पर्ने सम्भावना भएको हो ।

बाँकी ठाउँको मौसम सफा नै रहने उहाँले बताउनुभयो । मनसुन बाहिरिसकेकाले र नयाँ कुनै प्रणाली आइनसकेकाले आज ठूलो पानी पर्ने सम्भावना भने छैन । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया