अधिकारकर्मी रुवी खान अस्पताल भर्ना

 असोज ३०, २०७८ शनिबार १८:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ ।  नौ दिनदेखि आमरण अनसनमा रहनुभएकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको जनाइएकाे छ । 

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे थियो । सर्वाेच्च अदालतकाे आदेशपछि खान गएकाे बिहीबार छुट्नुभएकाे थियाे ।

रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया